रुद्राक्षको विरुवा खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर

रुद्राक्षको विरुवा खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
-प्रथम पटक सूचना प्रकाशित मिति २०७५/२/८

यस केन्द्रको लागि तपशिल बमोजिमको रुद्राक्षको विरुवा खरिद गर्न पर्ने भएकोले इच्छुक फर्म/कम्पनी/नर्सरी/ आपूर्तिकर्ताहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरभाउपत्र खरिद गरी १६ औं दिन दिनको १२.00 वजे भित्र दर्ता गर्ने गरी केन्द्रको वेभसाइट www.tepc.gov.np र सूचना पाटीमा उल्लेख भए बमोजिमको शर्तहरु समेतको अधिनमा रहने गरी रितपूर्वकको सिलवन्दी दरभाउपत्र आव्हान गरिएको छ।

Notice for procurement of Plants of Rudraksha, Sunsari.pdf