Trade Statistics [First ten months (Shrawan - Baisakh) of Fiscal Year 2069/70]


आ. व.२०६९/७० को प्रथम दश महिना (श्रावण– वैशाख) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०६९/७० को प्रथम दश महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.७ प्रतिशतले वृद्धि भई रु.५५७.६६ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.२ प्रतिशत र ८८.८ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १.६ प्रतिशतले वृद्धि भई रु ६२.७१ अर्व तथा कुल पैठारीमा २१.३ प्रतिशतले वृद्धि भई रु. ४९४.९५ अर्व पुगेको छ। आ.व. २०६८/०६९ को प्रथम दश महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:६.६ भएकोमा आ.व. २०६९/७० को सोही अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.९ पुगेको छ।
 


Download file for more information: