Press release - 123th China Import Export Fair, 2018 - May 1


आज मिति २०७५।१।१८ तदनुसार मे १, २०१८ का दिन चीनको गोन्जाओमा शुरु भएको  विश्वकै सबैभन्दा ठूलो China Import Export Fair (Canton Fair) को १२३ औ श्रृंखलामा नेपाल  सहभागि भएको छ । यस मेलामा नेपाली उद्योगी/व्यवसायीहरुको सहभागिताबाट चीन लगायत अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुुलाई प्रवद्र्धन गर्न उल्लेखनीय सघाउ पुुग्ने अपेक्षा गरिएको छ ।


करिब १०० भन्दा बढी देशको प्रतिनिधित्व हुने यस विशाल मेलामा नेपालको अलावा चीन,  दक्षिण कोरिया, थाइल्याण्ड, मलेशिया, जर्मनी, संयुक्त राज्य अमेरिका, फ्रान्स, टर्की, भारत लगायतका मुुलुुकहरुको उल्लेख्य सहभागिता रहेको छ । करिब ११ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको विश्वकै ठूलो यस प्रदर्शनीस्थलमा आयोजक चीन बाहेकका राष्ट्रहरुलाई International Pavillion मा राखिएको छ । यस मेलामा करिब २ लाख buyer हरुले अवलोकन  गर्ने मेला आयोजकको भनाई रहेको छ । नेपालले मेलामा पश्मिनाजन्य वस्तुहरु, जडिबुटिका सुगन्धित तेल, सिंगिङ बाउल, चांदीका गरगहना, हस्तकलाका सामानहरु, नेपाली हातेकागजबाट बनेका सामानहरु तथा नेपाली अचारको प्रतिनिधित्व गर्ने नेपाली उद्योग÷फर्महरुलाई सहभागि गराईएको छ ।

Press Release Canton Fair- May 1, 2018.pdf