Inauguration of Training Program in Kanchanpur


कञ्चनपुरको वेलौरीमा प्राकृतिक वनस्पतिबाट निर्मित हस्तकलाका सामग्रीहरु उत्पादन सम्बन्धी तालिम उद्घाटन कार्यक्रम सम्पन्न


(कञ्चनपुर, १५, २०७५)
स्थानीयस्तरमा पाईने विभिन्न प्रकारका प्राकृतिक वस्तुहरुबाट हस्तकलाका सामाग्रीहरु उत्पादन गरी ग्रामिण उद्यमसिलता र आर्थिक उपार्जन गर्नको निमित्त कञ्चनपुर जिल्लाको बेलौरी न.पा. ४ मा तालिम उद्घाटन कार्यक्रम सम्पन्न भयो । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजकत्व, प्रज्ञा स्मृति प्रतिष्ठानको सह–आयोजकत्व तथा नेपाल महिला उद्यमसिल महासंघको समन्वयमा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व दुर्गा खरेलले गरेका थिए । प्रमुख अतिथि खानेपानी तथा सरसफाई मन्त्री मा. बिना मगरज्यूले कार्यक्रमको उद्घाटन गर्दै ग्रामिण महिलामा उद्यमसिलता बढाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउनु भयो । भारतमा रोजगारीको निमित्व जानुपर्ने बाध्यतालाई पनि यस्ता तालिमले हटाउन मद्दत मिल्ने र नयाँ नयाँ अवसरहरुको श्रृजना गर्ने बताउनु भयो ।

Kanchanpur Training.pdf