Foreign Trade Statistics of Nepal [First three months (Shrawan-Ashwin) of Fiscal Year 2076-77]


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।

आ. व.२०७६/७७ को प्रथम तीन महिना (श्रावण–आश्विन) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७६/७७ को प्रथम तीन महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.९ प्रतिशतले ह्रास आई  रु. ३६२.१२ अर्बमा सीमित हुन पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.५ प्रतिशत र ९२.५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १४.४ प्रतिशतले  वृद्धि भई रु. २७.१७ अर्व तथा कुल पैठारीमा १०.३  प्रतिशतले ह्रास आई रु. ३३४.९५ अर्बमा सीमित भएको छ । आ.व. २०७५/७६ को प्रथम तीन महीनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१५.७ रहेकोमा आ.व. २०७६/७७ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१२.३ रहन आएको छ ।


First Three Months of 2076_77 abstract.pdf

First Three Months of 2076_77_tables.pdf