Foreign Trade Statistics of Nepal [First ten months (Shrawan - Baisakh) of Fiscal Year 2070-71]


आ. व.२०७०/७१ को प्रथम दश महिना (श्रावण– बैशाख) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७०/७१ को प्रथम दश महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.५ प्रतिशतले वृद्धि भई रु.६५९.२० अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.४ प्रतिशत र ८८.६ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १९.१ प्रतिशतले वृद्धि भई रु ७५.२० अर्व तथा कुल पैठारीमा १८.५ प्रतिशतले वृद्धि भई रु. ५८४.४० अर्व पुगेको छ। आ.व. २०६९/७० को प्रथम दश महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.८ भएकोमा आ.व. २०७०/७१ को सोही अवधिमा पनि निकासी पैठारी व्यापारको अनुपात १:७.८ पुगेको छ।
 


Download file for more information: