Foreign Trade Statistics of Nepal [First nine months (Shrawan-Chaitra) of Fiscal Year 2073-74]


आ. व.२०७३/७४ को प्रथम नौ महिना (श्रावण – चैत्र) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७३/७४ को प्रथम नौ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले वृद्धि भई  रु.७८१.२८ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.१ प्रतिशत र ९२.९ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ९.९ प्रतिशतले  वृद्धि भई रु ५५.२६ अर्व तथा कुल पैठारीमा ३८.४  प्रतिशतले वृद्धि भई भई रु. ७२६.०२ अर्व पुगेको छ । आ.व. २०७२/७३ को प्रथम नौ महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१०.४ भएकोमा आ.व. २०७३/७४ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३.१ रहन आएको छ ।

FY 2073_74 First nine month.doc

FY 2073_74 First nine month.xls