Foreign Trade Statistics of Nepal [First eleven months (Shrawan - Jeshtha) of Fiscal Year 2069/70]


आ. व.२०६९/७० को प्रथम एघार महिना (श्रावण– जेष्ठ) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०६९/७० को प्रथम एघार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.० प्रतिशतले वृद्धि भई रु.६१८.९३ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.२ प्रतिशत र ८८.८ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १.९ प्रतिशतले वृद्धि भई रु ६९.३० अर्व तथा कुल पैठारीमा २२.७ प्रतिशतले वृद्धि भई रु. ५४९.६३ अर्व पुगेको छ। आ.व. २०६८/०६९ को प्रथम एघार महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:६.६ भएकोमा आ.व. २०६९/७० को सोही अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.९ पुगेको छ।
 


Download file for more information: