Foreign Trade Statistics of Nepal [First eight months (Shrawan - Falgun) of Fiscal Year 2070-71]


आ. व.२०७०/७१ को प्रथम आठ महिना (श्रावण– फाल्गुण) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७०/७१ को प्रथम आठ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.४ प्रतिशतले वृद्धि भई रु.५२०.४८ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ११.७ प्रतिशत र ८८.३ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी २०.३ प्रतिशतले वृद्धि भई रु ६०.९८ अर्व तथा कुल पैठारीमा १८.१ प्रतिशतले वृद्धि भई रु. ४५९.५० अर्व पुगेको छ। आ.व. २०६९/७० को प्रथम आठ महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.७ भएकोमा आ.व. २०७०/७१ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:७.५ पुगेको छ।
 


Download file for more information: