Foreign Trade Statistics of Nepal (Annual Trade Data for Fiscal Year 2071/72)


आ. व.२०७१/७२ मा नेपालको वार्षिक वैदेशिक व्यापार वस्तुस्थिति
 
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७१/७२ को अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा ७.० प्रतिशतले वृद्धि भई रु. ८७१.२२ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.९ प्रतिशत र ९०.१ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासीमा ५.२ प्रतिशतले ह्रास आई रु ८६.६४ अर्व तथा कुल पैठारीमा ८.६ प्रतिशतले  वृद्धि भई रु. ७८४.५८ अर्व पुगेको देखिन्छ। आ.व. २०७०/०७१ अवधिमा निकासी―पैठारी व्यापारको अनुपात १ः७.९ भएकोमा आ.व. २०७१/७२ मा निकासी― पैठारी व्यापारको अनुपात १ः९.१ रहेको तथ्यांकले देखाउँछ।

annual2071_72.doc

annual2071_72.xls