|
भैातिक पूर्वाधार : बाल मैत्री सोधपूछ/अवलोकन कक्ष
प्रहरी कार्यालय भित्र रहने बाल मैत्री सोधपूछ/अवलोकन कक्षको व्यवस्थापनको लागि निर्धारण गरिएका भैातिक पूर्वाधार
बालमैत्री कोठाका सूचकहरु
- उज्यालो, हावादार र न्यानो कोठा –कम्तिमा १२ ह १२ फिटको हुनुपर्ने।
- भुईंमा बस्न मिल्ने गरी कार्पेट वा मान्द्रो वा गुन्द्री ओछ्याईएको हुनुपर्ने।
- भित्ताहरु प्राकृतिक (Natural Colour) रङ्गले रंगाइएको हुनुपर्ने।
- भित्तामा बालबालिका आफैले बनाएका २, ३ चित्र र स्नेह तथा ममता झल्काउने २, ३ चित्र टांगिएको हुनुपर्ने।
- बालबालिकासँग सोधपुछ गर्दाका सुविधाहरु तथा बाल अधिकारहरु उल्लेख गरेको चार्ट पनि टांगिएको हुनुपर्ने।
- भुईमा बस्न मिल्ने गरी चकटी (कुसन) वा गद्दा ओछ्याईएको हुनुपर्ने।
- कोठाको एक कुनामा बालबालिकाकाले पढ्न सक्ने केही सामाग्रीहरु राख्ने गरी सानो -याक राखिएको हुनुपर्ने।
- पिउने पानीको व्यबस्था (फिल्टर) हुनुपर्ने।
- पेन्टीङ को सामान र संभव भए भित्तामासमेत रङाउन मिल्ने हुनुपर्ने।
- पत्रिका भरसक खेलकुद सम्बन्धी ज्ञानवर्द्दक
- स्थानिय तहमा बालबालिकाको अवस्था र रुचि हुने प्रकारका (रुखको विउ वा प्राकृतिक सजावटका चिज) सामाग्री राख्दा राम्रो हुने।
- ग्लोव, नेपालको नक्सा, फुटवल वा क्रिकेट वा यस्तै प्रकारको फोटोहरु राख्न सकिने।
- भित्ते घडि।
- प्रहरीहरु बालबालिकाको सहयोगी हुन भन्ने भावना जागृह हुने किसीमका पोष्टर टांस्न सकिने।
- संभव भए नजिकै गमला वा यस्तै केहि फुलहरु।
- एउटा Children सम्बन्धी Encyclopedia राख्न सकिने।
सोधपूछ/छलफल कोठा
- सोधपुछ गर्ने बाल न्याय अनुसन्धान अधिकारी र कानूनको विवादमा परेका बालबालिका बस्ने एकै प्रकारको हुनुपर्ने।
|
 |