भैातिक पूर्वाधार: बाल इजलाश / मैत्री कक्ष


बाल इजलाश र बाल मैत्री कक्षको व्यवस्थापनको लागि निर्धारण गरिएका भैातिक पूर्वाधार

बालमैत्री कोठाका सूचकहरु

  • उज्यालो, हावादार र न्यानो कोठा –कम्तिमा १२ ह १२ फिटको हुनुपर्ने।
  • भुईंमा बस्न मिल्ने गरी कार्पेट वा मान्द्रो वा गुन्द्री ओछ्याईएको हुनुपर्ने।
  • भित्ताहरु प्राकृतिक (Natural Colour) रङ्गले रंगाइएको हुनुपर्ने।
  • भित्तामा बालबालिका आफैले बनाएका २, ३ चित्र र स्नेह तथा ममता झल्काउने २, ३ चित्र टांगिएको हुनुपर्ने।
  • बालबालिकासँग सोधपुछ गर्दाका सुविधाहरु तथा बाल अधिकारहरु उल्लेख गरेको चार्ट पनि टांगिएको हुनुपर्ने।
  • भुईमा बस्न मिल्ने गरी चकटी (कुसन) वा गद्दा ओछ्याईएको हुनुपर्ने।
  • कोठाको एक कुनामा बालबालिकाकाले पढ्न सक्ने केही सामाग्रीहरु राख्ने गरी सानो -याक राखिएको हुनुपर्ने।
  • पिउने पानीको व्यबस्था हुनुपर्ने।

बहस र छलफल कोठा

  • CCTV वा SCREEN राख्न सक्ने ठाँउ तयार गर्ने।
  • CCTV वा SCREEN लाई हेर्दे प्रश्नोत्तर गर्न सक्ने गरी कोठा तयार गर्ने।
  • न्यायाधिशका अतिरिक्त अन्य दुई जना विशेषज्ञहरुलाई बस्ने व्यबस्था मिलाउने।

अध्ययन सामाग्रीको व्यवस्थापन

  • उपलब्ध हुने पुस्तक तथा अध्ययनका सामग्रीहरुलाई अदालत भित्र राख्ने उपयुक्त ठाँउको व्यवस्था गर्ने।
..................
शिशिर राज ढकाल
उप सचिव (न्याय सेवा)
बाल न्याय समन्वय समितिको सचिवालय।



बाल इजलाश र बाल मैत्री कक्षको व्यवस्थापनको लागि निर्धारण गरिएका भैातिक पूर्वाधार
प्रहरी कार्यालय भित्र रहने बाल मैत्री सोधपूछ/अवलोकन कक्षको व्यवस्थापनको लागि निर्धारण गरिएका भैातिक पूर्वाधार

©2009. All Rights Reserved. Juvenile Justice Coordination Committee
Website By Concepts Int. Pvt Ltd